काठमाण्डू, कालीमाटीमा रहेको नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।
स्पार्कल ब्यूटी एण्ड एकेडेमीको वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले उद्घाटन गरेकी हुन् ।
उद्घाटन पछि फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रयास र उन्नतिप्रति शुभकामना दिंदैखुशी महशुस भएको बताइन ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गर्दै आफै एकेडेमी चलाउन सक्ने भएकोमा आभार ब्यक्त गरिन ।
स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् ।
