एजेन्सी, फिलिपिन्समा कालमेगी नामक आँधीका कारण अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ ।
लाखौँ नागकिरहरू घर छाडेर पलायन भएका छन् । १३ जना अहिले पनि बेपत्ता रहेका छन् ।
कालमेगीबाट कयौं ठूला क्षेत्रहरूमा बाढी गएको छ । बाढीबाट सबैभन्दा धेरै जनसंख्या भएको मध्य द्वीप सेबुमा बढी क्षति पुगेको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार सेबुमा सबैभन्दा बढीको मृत्यु भएको छ ।
कयौँ भिडियोहरूमा मानिस घरहरूका छतमा बसिरहेका र सवारीसाधनहरू सडकमा बगिरहेका देखिन्छन् ।
आधिकारिक मृतक संख्यामा सेनाले राहत तथा उद्धारमा खटाएको हेलिकप्टर चालक दलका छ सदस्यहरूको नाम समावेश गरिएको छैन ।
उनीहरूको उद्धारका क्रममा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको बीबीसीमा समाचार छ ।
समाारअनुसार हेलिकप्टर सेबुको दक्षिणमा पर्ने मिन्डानाओ द्वीपमा दुर्घटनामा परेको थियो ।
फिलिपिन्समा हरेक वर्ष औसत २० वटा आँधी आउने गरेको छ । एक महिनाअघि आएको आँधीमा परी कयौँ मानिसहरूको मृत्यु भएको थियो ।
