काठमाण्डू, सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।
काठमाण्डूको गोठाटारमा पत्रकार सम्मेलन गर्दै थाइल्यान्ड भ्रमणका बिजेता घोषण गरेको हो ।
सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण पाएका छन् ।
‘लक्की ड्र’को नतिजा अनुसार विजेता हुनेहरूमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुमकला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टमबहादुर सुनार र माधवप्रसाद दुलाल रहेका छन् ।
दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृह सज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौंले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको थियो ।
कम्पनीले शुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गरेका छन् ।
उपहारका अलावा सबै ग्राहकलाई छुट, ग्यारेन्टी तथा निःशुल्क सेवा सुविधासमेत उपलब्ध गराइको थियो ।
उक्त अवसरमा कम्पनीका अध्यक्ष तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ।
नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।
