दुई हजार नौ सय घट्यो सुनको मूल्य

काठमाण्डू, नेपाली बजारमा मङ्गलबार पनि सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला दुई हजार नौ सय रुपियाँले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।

सोमबार दुई लाख ३९ हजार नौ सय रुपियाँमा सुनको कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा ६० रुपियाँ घटेर २९२० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अघिल्लो दिने चाँदी प्रतितोला २९८० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ घटेसँगै नेपाली बजारमा पनि घट्दै गएको छ ।

तिहारपछि सुनको मूल्य प्रतितोला १६ हजार पाँच सय रुपियाँ घटिसकेको छ । असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च दुई लाख ५८ हजार रुपियाँ पुगेको रेकर्ड छ ।

त्यस्तै सोही दिन चाँदी प्रतितोला ३३५० रुपियाँसम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *