उच्च पहाडी तथा हिमाली भेगमा हिमपात, तराईमा हुस्सु

काठमाडौ, पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम समान्यत सफा रहने छ ।

तराईका अधिकांश स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपात हुने महाशाखाको अनुमान छ ।

केही स्थानमा हिमपात र तराईका अधिकांश स्थानमा लागेको हुस्सुका कारण चिसो बाट बच्न आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै हुस्सु÷कुहिरोका कारण सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *