दिपावली तथा छठ पर्वको अवसर पारेर सेफ्स एसोसिएसन अफ नेपालको शुभकामना आदान प्रदान

काठमाण्डू, दिपावली तथा छठ पर्वको अवसर पारेर सेफ्स एसोसिएसन अफ नेपालले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

एसोसिएसनको कार्यालय रानीवारीमा भएको कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्ष र वरिष्ठ सेफ्सहरुले शुभकामना दिएका थिए ।

एसोसिएसनका अध्यक्ष रेशमकुमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना ब्यक्त गर्दै अध्यक्ष लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताए ।

अध्यक्ष लामाले नेपालमा मनाइने चाडपर्व नेपालमा आउने पर्यटकका लागि पनि बिषेश लाग्ने गरेको बताए ।

नेपाल कलासंस्कृति र रितिरिवाजमा विश्वकै धनी भएकोले नेपालमा मनाइने हरेक पर्व पर्यटन प्रर्वधनका हिसावले पनि महत्वपूर्ण भएको अध्यक्ष लामाले बताए ।

पूर्वअध्यक्षहरु पुस्प थापा मगर, श्रीकृष्ण लामा, रत्नबहादुर थापा मगर पनि शुभकामना मन्तब्य राखेका थिए ।

विजयादशमी, दिपावली, नेपाल संवत र छठएसोसिएसनले सालै पिच्छे शुभकामना आदान प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *