काठमाण्डू, नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ ।
युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।
बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो ।
साइबर ब्यूरो स्रोतका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । यद्यपि उक्त उजुरी दर्ताको प्रक्रियामै रहेको साइबर ब्यूरोका एक अधिकारीले जानकारी दिए ।
मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।
