माधव कल्पितको रचना र संगीतमा देशभक्ति देउसी गीत सार्वजनिक (भिडियो सहित )

काठमाण्डू, नागरिक बचाउ अभियानले देशभक्ति प्रेरित देउसी गीत सार्वजनिक गरेको छ ।

देशमा भएको अस्थिरता, भ्रष्टाचार र दैविप्रकोपका बिषयलाई समेटेर देउसी गीत सार्वजनिक गरेका हुन् ।

सरकार सधैं तस्कर र भ्रष्टाचारीले चलाएकोले मठमन्दिरसमेत असुरक्षित भएको देउसी गीत मार्फत भनिएको छ ।

स्देशमा रोजगार नपाएर विदेशिनु परेको पीडालाई गीत मार्फत प्रस्तुत गरिएको भएपनि देशको पछिल्लो अवस्थालाई जस्ता जस्तै चित्रण गर्रिको छ ।

सहकारीले आमसर्वसाधारणको उठिबास लगाउँदा पनि भ्रष्टाचारी सरकारले चासा नलिएको गीतमा भनिएको छ ।

विदेशमा माइती र स्वदेशमा चेली भएकोले आम नेपालीले स्वदेशमै बसेर सँगसँगै कहिले चाडबाड मनाउन पाउने भन्दै गीत मार्फत ब्यङग गरिएको छ ।

जेन्जीका नाममा बनेको पछिल्लो सरकार माथि पनि कसिलो ब्यङग गर्दै गीममा भनिएको छ, खाडीमा यूवा मर्न नपरो र कोठीमा चेली पुग्न नपरोस भन्दै आम नागरिकमा चेतना फैलाृने काम गरेको छ ।

गीतमा शब्द रचना र संगीत अभियानका प्रवक्ता माधव खतिवडाको रहेको छ ।

गीतले यो चाडले देशमा शान्ति सुरक्षा कायम हुँदै आम नागरिकको सरकार बन्नु पर्ने माग पनि गरेको छ ।

गीतले नेपाली मौलिक चाडपर्व र हिमाल पहाडदेखि तराईसम्म सबैलाई समेटेको छ ।

https://drive.google.com/file/d/1LRdtiYRsGd4QyrTsCmeKbmVpmh7QuoSP/view

Leave a Reply

Your email address will not be published. Required fields are marked *