काठमाण्डू, नेकपा एमालेको सचिवालय बैठक जारी छ । आइतबार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक शुरु भएको हो ।
शनिबार पार्टी अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या भएपछि आइतबारलाई सारिएको थियो ।
बैठकमा केन्द्रीय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
