राष्ट्र बैंकले प्रणालीबाट ५० अर्ब तान्दै

काठमाण्डू, नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब निक्षेप संकलन गर्ने भएको छ ।

निक्षेप संकलन बोलकबोलमार्फत ७ दिनका लागि ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीबाट ब्याजदर बोलकबोल हुनेछ ।

न्यूनतम १० करोड र बढीमा ५ करोडले भाग जाने ५० अर्बसम्म बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटामा आधारित भई बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *