काठमाडौँबाट लामो दूरीका गाडी सञ्चालनमा रोक, टिकट काटिसकेकाहरूलाई रकम फिर्ता

काठमाण्डू, लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाबाट लामो दूरीका गाडी आज बिहानसम्म पनि गन्तव्यतर्फ जान दिइएको छैन।

उपत्यकाभित्र अवस्था सामान्य रहे पनि बाहिरी सडक अझै अवरुद्ध भएकाले लामो दूरीका गाडी सञ्चालनमा रोक लगाइएको हो।

साथै यातायात व्यवसायीलाई तत्काल टिकट बुकिङ नगर्न निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाका सबै नाकाबाट लामो दूरीका गाडी नपठाइएको हो। यसबीचमा बसको टिकट काटिसकेकाहरूलाई रकम फिर्ता गरिएको छ।

सरकारले असोज १८, १९ र २० गतेसम्म सवारी साधनमार्फत काठमाडौँ उपत्यका आउजाउमा रोक लगाउने निर्णय गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *