वर्षाका कारण स्थगित त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान आज बिहानबाट शुरु

काठमाण्डू, अविरल वर्षाका कारण हिजो बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानदेखि पुनः शुरु भएको छ।

त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका गन्तव्यका लागि उडान सुरु गरिएको जानकारी दिएको छ।

विमानस्थलका अनुसार आज बिहान काठमाडौँबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ।

पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल रहेको जानकारी आएपछि त्यहाँका आन्तरिक उडान पनि पुनः शुरु गरिएको कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नियमित रूपमा सञ्चालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *