काठमाण्डू, सरकारले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई वार्तामा बोलाएको छ ।
प्रसाईंको सचिवालयका अनुसार आज गृह मन्त्रालयको पत्र लिएर अधिकारीहरू भक्तपुरस्थित प्रसाईको निवास पुगेका थिए ।
गृहको उक्त पत्र काठमाडौं जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलको टोलीले लिएर गएको थियो ।
उक्त पत्र नागरिक बचाउ महाअभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितलाई मंगलबार बुझाइएको हो ।
ुअहिले अभियानका केन्द्रीय अध्यक्ष (दुर्गा प्रसाईं) देशबाहिर रहनुभएको हुँदा उहाँको आगमनसँगै केन्द्रीय समितिको बैठक बसी सो पत्र र वार्ताका विषयमा अभियानको अवधारणा सार्वजनिक गरिनेछ, सचिवालयले भनेको छ ।
केन्द्रीय प्रवक्ता माधब कल्पितका अनुसार पत्रमार्फत २६ कात्तिक १० बजे वार्ताका लागि आमन्त्रण गरिएको छ ।
