पोखरा सहकारीको ८८ करोड रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका अध्यक्षसहित ७ जना पक्राउ

पोखरा, पोखराको पोखरा बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना पक्रकरणका सात जना पक्राउ परेका छन् ।

सहकारीको ८८ करोड ७० लाख ९८ हजार ९६२ रुपैयाँ हिनामिना प्रकरणमा सहकारीका अध्यक्षसहित ७ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा अध्यक्ष सुरेन्द्र बहादुर गोदार, कोषाध्यक्ष हिरामणि दाहाल, सचिव दिलबहादुर केसी सदस्य दोर्जे तामाङ, व्यवस्थापक भिष्म प्रसाद गुरुङ, मार्केटिङ प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव तथा हाल सदस्य रहेका इन्द्रप्रसाद द्धा पक्राउ परेका हुन् ।

उनीहरू पोखराकै विभिन्न ठाउँका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रहरीले सहकारी ठगी कसुरमा अनुसन्धान थालेको कास्की प्रहरीका डीएसपी हरि बस्नेतले जानकारी दिए ।

बुधबार बिहान पक्राउ परेका उनीहरूलाई अदालतबाट थुनामा राखेर अनुसन्धान गर्ने म्याद थपका लागि प्रहरीले प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *