काठमाण्डू, भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा नख्खु जेलबाट फर्जी कागज बनाएर निस्किएका रवि लामिछानेलाई बनायनका लागि सिंहदरबार ल्याइएको छ।
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले लामिछानेसँग बयान लिन लागेको हो।
भदौ २४ गते रास्वपाका नेताहरुले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई भीड जम्मा पारेर निकालेका थिए।
केही दिनअघि मात्रै त्यहाँका अधिकारीले आयोग समक्ष बयान दिँदै लामिछानेलाई बाहिर निकालेको डेढ घण्टापछि आफूलाई दबाबमा हस्ताक्षर गराइएको बताएका थिए।
