पूर्वसभामुख महरामाथि थुनछेक बहस आज

काठमाण्डू, काठमाडौँ जिल्ला अदालतमा आज पूर्वसभामुख कृष्णबहादुर महरामाथि थुनछेक बहस हुँदैछ।

बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्नेछ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई सीआईबीले आइतबार पक्राउ गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध ८ करोड ५५ लाख रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको छ।

महरामाथि विद्युतीय चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

यो प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य व्यक्तिहरू पनि अभियोगित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *