पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

नवलपुर, पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा अवरोध जारी रहेको भन्दै नवलपुर प्रहरीले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

दाउन्नेको १४ किलोमिटरको विभिन्न स्थानमा बाटो चिप्लो, उकालो र गाडी फसेका कारण यातायातमा समस्या भएको भन्दै प्रहरीले सकेसम्म यो मार्ग भएर यात्रा नगर्न र वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको हो ।

दाउन्नेमा विगत पाँच दिनदेखि यातायात असहज भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए ।

यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किबाससँग समन्वय गर्न पनि नेपालले आग्रह गरेका छन् ।

बाटो असहज हुँदा सवारी साधनको बाक्लो चाप रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *