थपिएका चार मन्त्रीहरूको आजै शपथ हुने

काठमाण्डू, सरकारले थपेका चार मन्त्रीहरूको शपथ आइतबार नै राष्ट्रपति निवास शीतलनिवासमा हुने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले चार जनाको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी थिइन्।

उनीहरू चार जनाका लागि आइतबार अपराह्न २स्३० बजे शपथग्रहणको समय तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले थपिएका चार मन्त्रीहरूलाई शपथ गराउने छन्।

नयाँ मन्त्रीमा डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, खगेन्द्र सुनार श्रम तथा रोजगार र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।

स्त्री–प्रसूति रोग विशेषज्ञ डा। शर्मा पूर्वस्वास्थ्य सचिव तथा नेपाल मेडिकल एसोसिएसनको पूर्व अध्यक्ष हुन्।

यस्तै श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् भने सुनार दलित अधिकारकर्मी हुन्। गुप्ता सामाजिक कार्यक्रम र कोभिडकालीन अभियानमार्फत परिचित छन्।

थपिएका चारसँगै मन्त्रिपरिषद् प्रधानमन्त्री कार्कीसहित १२ सदस्यीय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *