सोलुखुम्बूको माप्य दूधकोशीमा बोलेरो दुर्घटना, तीनको मृत्यु, ६ घाइते

सल्लेरी, सोलुखुम्बूको माप्य दूधकोशी गाउँपालिकामा बिहीबार साँझ बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।

साँझ साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको सोलुखुम्बु प्रहरी कार्यालयका डिएसपी मनोजित कुँवरले जानकारी दिए।

माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनाबाट गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

खुम्बूबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हो।

घाइतेलाई उपचारका लागि राति नै अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *