काठमाण्डू, बिहानैदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन भएका छन् ।
खराब मौसमका कारण काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार सहितका आन्तरिक विमानस्थलहरूमा उडान प्रभावित भएका हुन् ।
अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिक उडान रोकिएको हो, यद्यपि अन्तर्राष्ट्रिय उडानहरू भने जारी छन् ।
