युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ बाट पयर्टन ब्यावसायी सापकोटा,रोजगारदाता पौडेल र सञ्चारकर्मी चौलागाईं सम्मनित

काठमाण्डू, युएनआईपी युएन ग्लोरी अवार्ड २०२५ बाट पयर्टटन ब्यावसायी रामप्रसाद सापकोटा, बैदेशिक ब्यावसायी विवेक पौडेल र सञ्चारकर्मी कुमारप्रसाद चौलागाईं सम्मनित भएका हुन् ।

युनाइटेड नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको यो कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिटअन्तर्गत सम्मन कार्यक्रमको आयोजना गएिको थियो ।

कार्यक्रममा नौ भन्दा बढी मुलुकका शान्तिवादी नेता, मानवाधिकारकर्मी, कूटनीतिज्ञ तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति थियो।

थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा भएको कार्यक्रममा भएको कार्यक्रममा पर्यटन क्षेत्रमा सक्रिय सापकोटालाई अन्तर्राष्ट्रिय व्यक्तित्व सम्माबाट सम्मानित भएका हुन् । पर्यटन ब्यावसायी सापकोटा लामो समयदेखि होटल ब्यावसायमा सक्रिय रहँदै आएका थिए ।

सापकोटालाई नेपालको पर्वतीय पर्यटन र हस्पििटालिटी क्षेत्रमा गरेको कामको उच्च मुल्याङकन गर्दै सम्मन गरेको हो ।

यसै गरी सम्मनित हुनेमा एसबी ओभरसिज प्रा.लि.का अध्यक्ष विवेक पौडेल रहेका थिए । उनलाई पनि थाइल्यान्डको बैंककमा सम्पन्न एक विशेष समारोहमा ‘एक्सिलेन्स अवार्ड’ बाट सम्मन गरिएको हो ।

‘युनिप अन ग्लोरी एक्सिलेन्स अवार्ड २०२५’ अन्तर्गत रोजगारतर्फको उत्कृष्ट योगदानका लागि पौडेललाई पुरस्कृत गरिएको हो ।

नेपालका युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्दै अन्तर्राष्ट्रियस्तरमा देशको नाम उजागर गरेको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

सममानित हुने अर्का ब्यक्तित्व थिए सञ्चारकर्मी कुमारप्रसाद चौंलागाईं । करिव दुइ दशक नेपालको पर्यटन क्षेत्रमा कलम चलाएका चौंलागाईंलाई नेपालको पर्यटनलाई सञ्चारमाध्यम मार्फत योगदान गरेको कदर गर्दै सम्मान गरेको हो ।

यस अवसरमा साहित्य, व्यवसाय, पर्यटन, सामाजिक सेवा, शान्ति अभियान, वातावरण, स्वास्थ्य, खेलकुद व्यवस्थापन र महिला सशक्तीकरण लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २७ जना अन्तर्राष्ट्रिय तथा नेपाली व्यक्तित्वहरूलाई उत्कृष्टता पुरस्कार प्रदान गरियो।

साथै, शान्ति र मानवतावादी सेवामा निरन्तर योगदान पुर्‍याएका १६ जना विशिष्ट व्यक्तित्वलाई ‘शान्ति राजदूत प्रमाणपत्र’ प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *