टानको ४७औं वार्षिक साधारणसभा भदौ १५ गते काठमाण्डूमा हुने

काठमाण्डू, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४७औं वार्षिक साधारणसभा आगामी भदौ १५ गते आइतबार काठमाडौंमा हुने भएको छ ।

साधारणसभा गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान ९ बजेबाट शुरु हुने टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

महासचिव शेर्पाका अनुसार सभामा संघको वार्षिक प्रगति प्रतिवेदन, आगामी वर्षको कार्यक्रम तथा योजना, आर्थिक प्रतिवेदन र अनुमानित बजेट प्रस्तुत गरिनेछ ।

त्यस्तै आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने विषयमा पनि छलफल हुने छ ।

साधारणसभाबाट माइन्युटमा हस्ताक्षर गर्न दुई जना प्रतिनिधि चयन गर्ने, विधान तथा विनियमावली संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने लगायतका विषयमा पनि निर्णय हुने टानले जनाएको छ ।

महासचिव शेर्पाले सबै सदस्यलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई संघका नीतिगत तथा कार्यक्रमगत निर्णयमा सहभागी हुन आह्वान गरेका छन् ।

संघको २०८२ साउन ३० गते बसेको कार्यसमितिको १२औं पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *