बत्तिसपुतलीमा कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला

काठमाण्डू, नेपाली कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले भेला गरेका छन्।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार दिउँसो नियमित महाधिवेशनका पक्षले भेला राखेका हुन्।

यो भेला सभापति शेरबहादुर देउवानिकट, नेता शेखर कोइरालानिकट, पूर्वमहामन्त्री शशांक कोइरालानिकटले आयोजना गरेका हुन्।

आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्।

२८ असोजदेखि केन्द्रीय समिति बैठक बसे पनि १५ औं महाधिवेशन कहिले गर्ने भन्नेमा केन्द्रीय समितिले निर्णय गर्न सकेको छैन।

महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी प्रस्ताव पेस गरेका छन् भने सहमहामन्त्री महेन्द्र यादवले पनि बोल्ने क्रममा वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका थिए।

आज पनि सानेपामा केन्द्रीय समिति बैठक बसिरहेको छ।

महाधिवेशन तिथिमिति घोषणा गर्न ढिलाइ भइरहेका बेला नियमित महाधिवेशन पक्षधरले आज भेला गरेका हुन्।

यसअघि विशेष महाधिवेशन पक्षधरले पनि भेला गरेका थिए।

विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएका छन्।

नियमित महाधिवेशन पक्षधरले भने विशेष महाधिवेशन गर्न नहुने बताइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *