टी-२० विश्वकप छनोटमा युएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत

काठमाण्डू, आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईमाथि १ रनको रोमाञ्चक जीत निकालेको छ।

नेपाले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको युएई निर्धारित २० ओभरमा १ सय ३९ रन मात्र बनाउन सफल भएपछि नेपालले रोमाञ्चक जीत निकाल्यो।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो।

जवाफमा १ सय ४१ रनको लक्ष्य पछ्याएको युएइले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो। अन्तिम बलमा ३ रन चाहिँदा युएई १ रन मात्र जोड्न सफल भएको थियो।

युएईका लागि अलिशान सर्राफुले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा ध्रुव पर्रासरले ३२ रन बनाए।

त्यस्तै, ओपनर जोनाथन फिगीले १९ रन बनाउँदा जाहिद अलीले ११ रन बनाए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालका लागि ओपनर आशिफ शेखले ४७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुशल भुर्तेललले २६ बलमा २८ रन बनाए।

यी दुईबीच पहिलो विकेटका लागि ५६ रनको साझेदारी भएको थियो।

त्यस्तै, रोहित पौडेलले २० रन बनाउँदा कुशल मल्लले १० रन बनाए। थप दोहोरो स्कोरका रुपमा गुल्सन झाको १४ रन रह्यो।

युएईका लागि जुनाइद सिद्दीकी, मुहम्मद रोहिद, जाहीद अली, हाइदर अली, हर्सीत कौशिक, ध्रुव पराशरले समान १(/ विकेट लिए।

जितसँगै नेपालको विश्वकप छनोट सम्भावना बलियो बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *