सिंगापुरविरुद्ध नेपालको ऐतिहासिक जीत

काठमाण्डू, नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध ऐतिहासिक जीत निकालेको छ ।

सिंगापुरको सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ भएको खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई १–० ले हराएको हो ।

नेपालको जितमा जिलेस्पी जंग कार्कीले खेलको १२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

सिंगापुर फिफा वरियतामा नेपाल बन्दा १५ स्थान माथि छ ।

एफसी एसियन कप छनोट अन्तर्गत मलेसिया विरुद्धको खेलअघि नेपालले सिंगापुरसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

अब एसियन कप छनोटमा मार्च २५ मा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *