निषेधित क्षेत्र तोडन खोजेपछि दलित अभियन्ता र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेल

काठमाण्डू, अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा प्रदर्शन गर्न पुगेका दलित अभियन्ता र प्रहरीबीच बानेश्वरमा केलाधकेल भएको छ ।

शुक्रबार दलित अभियन्ताहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि धकेलाधकेल भएको हो।

‘दलितलाई खै’ भनी लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीखेर तनावको स्थिति समेत बनेको थियो ।

सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *