काठमाण्डू, त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ।
नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्।
कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन्।
थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
यस्तै, अनेरास्ववियु (क्रान्तिकारी)ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ।
क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भए।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्।
कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका निशान अर्यालको प्यानल नै निर्वाचित भएको छ।
निर्वाचनमा अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियूले गठबन्धन गर्दा पनि नेपाल विद्यार्थी संघका उम्मेदवारलाई पराजित गर्न सकेनन्।
काठमाडौँ उपत्यकाका आरआर, त्रिचन्द्रलगायतका केही क्याम्पसको चुनाव स्थगित भएको छ।
यो चुनावमा केही क्याम्पसहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ। गत विभिन्न दलका विद्यार्थी संगठनहरू एक्लाएक्लै लडे भने कतै गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए।
बुधवार बिहानसम्म सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ९९ क्याप्पसको स्ववियुमा जीत निकालेको छ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ८६ क्याम्पसको स्ववियु सभापति जितेको छ।