Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस-एमालेसँग माओवादीको मिलन हुनै सक्दैन, हामी सरकारमा जाँदैनौँ : अध्यक्ष दाहाल

- shuvadmin / सोमबार, चैत ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भन्ने प्रचार गलत भएको बताएका छन् । उनले सरकारमा जाने कुनै नीति नलिएको प्रस्ट पारे ।

सोमबार काठमाडौंमा आयोजित राजेन्द्र श्रेष्ठको पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सरकार भ्रष्टाचारलाई जोगाउने पक्षमा र आफूहरू नियन्त्रण गर्ने पक्षमा रहेकाले विमति भएको भन्दै सरकारसँग कुनै मिलन विन्दू नरहेको बताए ।

उनले भने,‘आजभोलि चर्चा आइरहेको छ । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर चर्चा सामाजिक सञ्जालमा भइरहेको छ ।

हामी अहिले सरकारमा जाने कुनै नीति लिएको छैनौँ, लिँदैनौँ पनि । देशमा सङ्कट आयो विचार गर्छौँ । तर यही सरकारमा गएर सामेल हुने कुनै नीति छैन् ।

त्यस्तो औपचारिक रूपमा कुरा पनि कसैसँग भएको छैन । भ्रष्टाचारलाई जोगाउने सरकार र हामीबीच सुरुमा नै ठूलो विमति भएको छ ।

भ्रष्टाचार नियन्त्रण गर्ने कि बचाउने हामी रोक्नपर्छ भन्ने पक्षपातीमा भयौँ । अहिलेको सरकार बचाउने पक्षमा भएकाले मिलन विन्दु हामीले देखेका छैनौँ ।’

उनले नेपालमा चुनाव लडेर जित्ने मात्रै सक्षम र नेता हुन्छन् भन्ने गलत मान्यता रहेको बताए । चुनाव नलडेर पनि अध्ययन मेहनत गरेर विज्ञता हासिल गर्नेहरू नेताभन्दा धेरै माथि रहेको उनको भनाई छ ।

उनले भने, ‘मन्त्रीमण्डल बनाउँदा सांसदहरूबाटै बनाउने प्रणालीले सांसद बन्न अत्यधिक खर्च गर्नुपर्ने ,सांसद बनेपछि मन्त्री बन्न करोडौँको चलखेल हुने, मन्त्री बनेपछि सांसद बन्दाको खर्च, मन्त्री बन्दा लगानी गरेको खर्च उठाउनुपर्ने बाध्यता हुने र भ्रष्टाचार संस्थागत हुँदै जाने यो प्रणालीभित्र नै रोग छ ।

यस्तो प्रणालीगत रोग निको पार्न प्रणालीमा नै सुधार गर्न जरुरी छ । नेपालमा चुनाव लडेर जित्ने मात्रै प्रतिभा, सक्षम र नेता हुन्छन् भन्ने मान्यता नै गलत छ ।

चुनाव नलडेर अध्ययन मेहनत गर्ने विज्ञता हासिल गर्नेहरू नेताभन्दा धेरै माथि हुन्छन् ।’

उनले जबसम्म पूर्णसमानुपनातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या कार्यकारी प्रमुख हुँदैन तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रले स्थायित्व नदिने बताए ।

Page Views: 19
संबन्धित शिर्षकहरु
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama