काठमाण्डू, नेपाल प्रहरीका महानिरीक्षक -आइजिपी_ बसन्तबहादुर कुँवर आजैदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी प्रमुखको निर्णय गर्नेछ । कुँवर ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अवकाशमा जान लागेका हुन् ।
आइजिपी कुँवरसँगै ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र ३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले पनि ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि एकैसाथ अनिवार्य अवकाश पाउन लागेका हुन् ।
कुँवरसँगै अनिवार्य अवकाश पाउने एआइजीमा जनक भट्टराई, टेकप्रसाद राई, कुबेर कडायत, दुर्गा सिंह र बुद्धि गुरुङ छन् । त्यसैगरी अवकाश पाउने डीआइजीमा भोला रावल, गणेश चन्द र ध्रुवराज राउत छन् ।
उनीहरु सबै ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
