Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पाँचथर गोल्डकप उपाधिका लागि नमोबुद्ध र मच्छिन्द्र भिड्दै

- shuvadmin / शनिबार, चैत ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिदिम, पाँचथरको फिदिममा जारी पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज मच्छिन्द्र फुटबल क्लब काठमाडौँ र नमो बुद्ध यूथ क्लब सप्तरीबिच हुँदै छ ।

शुक्रवार आयोजित प्रि–म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षकहरूले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । जसले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

मच्छिन्द्रसँग अनुभव र स्टार खेलाडीको टिम रहेको छ । मच्छिन्द्र फुटबल क्लबलाई अनुभवी खेलाडीहरूको बलियो समर्थन छ ।

घरेलु खेलाडीहरूमा पूर्व राष्ट्रिय टिमका स्टार नवयुग श्रेष्ठ, जया गुरुङ, विशाल घलान जस्ता उत्कृष्ट खेलाडी छन् भने विदेशी खेलाडी स्टेफन र इब्राहिम टिमको बलियो पक्ष हुन् ।

प्रशिक्षक सबिन अधिकारीले अघिल्ला कमजोरी सुधारेर उपाधि जित्ने लक्ष्य राखेका छन् ।

यता नमोबद्धसँग अपराजित यात्रासँग उच्च मनोबल छ । नमो बुद्ध यूथ क्लबले यसअघि ए डिभिजनका दुई ठूला टोली नेपाल पुलिस क्लब र लिग लिडर चर्च ब्वाइजलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

गोलकिपर जिहारत शेख टिमका सशक्त पहरेदार हुन् । जेनिस प्रजापति, राज भुसाल, दीपेश चाम्लिङ राई तथा विदेशी खेलाडी एलेक्स विलियम जस्ता खेलाडीको उत्कृष्ट प्रदर्शन नमोबुद्धका लागि निर्णायक हुन सक्छ ।

प्रशिक्षक सुरेश लामाले दबाबमुक्त रहेर आक्रामक फुटबल खेल्ने रणनीति लिएको बताए ।

विजेता टोलीले रु.११ लाख १ हजार १११ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु। ५ लाख ५५ हजार ५५५ पाउनेछ ।

उत्कृष्ट खेलाडीहरूलाई विभिन्न पुरस्कार वितरण गरिनेछ आयोजक पाँचथर क्लब उपाध्यक्ष योगराज सेढाईले बताए ।

आजको खेलले पाँचथर गोल्ड कपको इतिहासमा अर्को रोचक अध्याय थप्नेछ । फुटबल प्रेमीहरूका लागि यो भिडन्त उत्साहजनक हुने निश्चित छ ।

Page Views: 23
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama