काठमाण्डू, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेकोले अब राजतन्त्र नफर्किने दावी गरेका छन् ।
। शुक्रबार जन्मदिनका अवसरमा आफ्नै निवास कोटेश्वरमा एभोकार्डो र अम्वाका बिरुवा रोप्दै अध्यक्ष नेपालले राजसंस्था फर्कने कुनै सम्भावना नरहेको बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको लागि विकास गर्ने चाहना भए चुनाव लडेर प्रधानमन्त्री बन्न उनले सुझाव दिए ।
अर्को प्रसँगमा अध्यक्ष नेपालले भूमाफियासँग मिलेर सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाए।
आफूले ल्याएको अध्यादेश फेल वा निष्क्रिय भए सरकारलाई नैतिक सङ्कटपर्ने उनको भनाइ छ।
अध्यक्ष नेपालले दलसम्बन्धी कानून ल्याएर दल फुटाउने षडयन्त्रकारीहरूको अन्त्य हुने भन्दै आफ्नो पार्टी कुनै हालतमा नफुट्ने जिकिर गरे ।
कार्यक्रममा संचारकर्मी,अभियन्ता लगायत नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।