
शेफ एसोसीएसन अफ नेपालले मृतक दोय स्व.कृष्ण राज गिरीर स्व. प्रेम लाल घिसिङको सम्झनामा श्रद्घाञ्जली सभा आयोजना गरेका छन् ।

स्व.कृष्ण राज गिरी शेफ एसोसीएसन अफ नेपाल धुलिखेलका पुर्व अध्यक्ष यीए भने स्व. प्रेम लाल घिसिङ नेपाली रैथाने खानाका अभीयानकर्ता रहेका घिसिङ शेफ एसोसीएसन अफ नेपालका सदस्य सम्म थिए ।

श्रद्घाञ्जली सभामा बोल्दै शेफ एसोसीएसन अफ नेपालका अध्यक्ष रेशम कुमार लामा तामाङ्गले शेफहरुले नेपाली खानामा पुर्याएका योगदान प्रति उच्च सम्मान व्यत्त गर्दै उहाँहरुले थालेका अधुरा कामहरु पुरा गर्न संस्था लागीपर्ने बताए ।

सो श्रद्घाञ्जली सभामा वरिष्ठ शेफ पुर्व अध्यक्षहरु कार्य समीतीका सदस्य लगायतका शेफहरुका सहभागीता रहेको थियो ।
