सेयर बजारमा गिरावट, १६२ कम्पनी राताम्मे

काठमाण्डू, साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव २६ अङ्कले घटेर २६७८ दशमलव ४७ को विन्दूमा पुगेको छ ।

बिहीबार ३०२ कम्पनीका ७८ हजार ८३५ पटकको कारोबारमा १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ रहेको छ ।

७६ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये ३ वटा बढ्दा अन्य राताम्मे छन् । आज एनआरएन इन्फास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *