काठमाण्डू, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनअन्तर्गत नयाँँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
मंगलबार अबेर राति मतदान सकिएको नेसपा नयाँ शक्तिले जनाएको छ । मतगणना आज ९बुधबार० बिहान १० बजेदेखि गर्ने तयारी भएको बताइएको छ ।
काठमाडौंमा जारी महाधिवेशनबाट अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन हुन लागेका हुन् ।
माघ २७ गते प्रज्ञा भवनमा सुरु भएको महाधिवेशनबाट दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित केही केन्द्रीय सदस्य निर्विरोध चयन भइसकेका छन् ।
महाधिवेशनमार्फत ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने नेसपा (नयाँ शक्ति)ले जनाएको छ ।
महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा संयोजक डा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको छ ।
