‘नो केबुलकार’को रिट सर्वोच्चबाट दरपीठ

काठमाण्डू, ताप्लेजुङको पाथीभरामा केबलकार बनाउन नदिन माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट दरपीठ (दर्ता गर्न अस्वीकार) भएको छ।

यही विषयसँग सम्बन्धित विवाद विचाराधीन अवस्थामा नै रहेको भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न अस्वीकार गरेको हो।

सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले रिट दरपीठ गरेका हुन्। आदिवासी कानून व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङ रिट लिएर सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्च अदालत नियमावलीको नियम १८९२०मा विचाराधीन विषयमा रिट निवेदन आए दरपीठ गर्न सक्ने उल्लेख छ।

यसअघि किराँत याक्थुङ चुम्लुङका तर्फबाट आईन्द्रकुमार लिम्बूले २०७७ फागुन ३ गते दर्ता गराएको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधीन छ। चार वर्ष पुरानो उक्त रिट माघ ३० गतेका लागि पेसीमा चढेको छ।

पाथीभरा मन्दिरमा केवलकार निर्माण गर्न दिँदा वन विनाश हुने, अमूल्य जडिबुटीको नाम हुने, जातीय उपद्रव हुने अनि हिंसा भड्कन सक्ने दाबी गर्दै तामाङ सर्वोच्च पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *