काठमाण्डू, नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।
शुक्रबार (माघ २५) पार्टी कार्यालयमा बसेको संगठनको केन्द्रीय कमिटी बैठकबाट श्रेष्ठलाई अध्यक्ष चयन गरिएको हो ।
यस्तै, उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, किशोर टण्डन, भूपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव र नरेश न्यौपाने चयन भए ।
महासचिवमा राजन शर्मा पराजुली छानिएको संगठनले जनाएको छ ।
उनी यसअघि अनेरास्ववियूको महासचिव थिए । श्रेष्ठले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति थालेका हुन् ।