Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौंको कान्तिपथमा निर्माणाधीन शेष घलेको पाँचतारे होटल शेराटन अवैध, उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नलिइ निर्माण

- shuvadmin / शनिबार, माघ २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, एनआरएनका पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेको लगानीमा काठमाडौंको कान्तिपथमा निर्माणाधीन पाँचतारे होटल शेराटन अवैध रहेको पाइएको छ।

काठमाडौं उपत्यकाभित्र होटललगायतका संरचना बनाउँदा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ।

पाँचतारे होटल शेरटानले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) नलिई अवैध संरचना खडा गरिरहेको पाइएको हो।

केशर पुस्तकालयको जग्गा हडपेको आरोप लाग्दै आएको घलेको शेराटन होटलले प्राधिकरणसँग योजना अनुमति नलिई संरचना निर्माण गर्नु शंकास्पद देखिन्छ।

अस्ट्रेलिया व्यापारी डलर अर्बपतिसमेत रहेका घलेको लगानीमा रहेको उक्त होटल घलेको एमआईटी ग्रुप होल्डिङसको लगानीमा निर्माण भइरहेको भएपनि प्रधिकरणबाट योजन अनुमति लिएको पाइँदैन्।

प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेतका अनुसार शेरटान होटलले प्लानिङ परमिट लिएको रेकर्ड नरहेको बताए।

प्लानिङ परमिट नै नलिई केशरमहल र नारायणहिटीकोबीचमा त्यत्रो होटल कसरी बन्यो त भन्ने प्रश्नमा आफू आउनुभन्दा पहिलाको कुरा भएको उनको भनाइ छ ।

योजना अनुमति नै नलिई केशरमहल र उपराष्ट्रपति कार्यालयसँगै त्यत्रो होटल बन्दा पनि प्राधिकरण बेखबर रहेको पाइएको छ।

योजना अनुमति नलिई बनाइएका त्यस्ता संरचना निर्माण कार्य रोक्न वा भत्काउन सक्ने अधिकार प्रधिकरणसँग रहेको छ।

तर, प्राधिकरण निकम्मा हुँदा योजना अनुमति बिनै अवैध ढंगले काठमाडौंमा ठूल्ठूला संरचना बनिरहेका छन्।

त्यसको पछिल्लो उदाहरण हो होटल शेराटन। योजना अनुमति नलिइ संरचना खडा हुँदा पनि प्राधिकरणले कुनै चासो नदिनुले उक्त प्राधिकरणको औचित्यमाथि प्रश्न खडा भएको हो।

१० अर्बभन्दा बढी लगानी रहेको घलेको करिब १४ रोपनी क्षेत्रफलमा १९ तले होटल निर्माणको अन्तिम चरणमा छ।

अष्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङस लगानी रहेको होटल शेराटनको व्यवस्थापन तथा सञ्चालन भने सिंगापुरको स्टारवुड ग्रुपले गर्ने जनाइएको छ।

Page Views: 23
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama