काठमाण्डू, सेयर कारोवार हुने साताको अन्तिम दिन पनि नेप्से परिसूचक गिरावटले निरन्तरता पाएको छ ।
पछिल्ला दुई दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ११.६४ अंक घटेर २६९९.८१ विन्दूमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.५६ अंक घट्दा फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ८ अर्ब ९५ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज भने ३१५ स्टकको ९२ हजार ३२६ पटकको कारोबारमा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको १ करोड ८६ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।