काठमाण्डू, सुनको मूल्य पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको छ ।
आज सुन तोलाको १ लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सुन पछिल्लो तीन दिनमा ५ हजार ७ सय रूपैयाँले बढेको छ । यसअघि बुधबार सुन तोलामा २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।