Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मध्यपहाडी राजमार्गको तीन चौथाइ काम सम्पन्न

- shuvadmin / बिहिबार, माघ २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा अगाडि बढिरहेको छ ।

मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो ।

मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको यस राजमार्गको काम अब एक चौथाइ मात्र बाँकी रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका प्रवक्ता ई. सचिन श्रेष्ठले पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (नदी) सम्म पुग्ने गरी करिब एक हजार ८७९ किलोमिटर लम्बाइको निर्माणाधीन यो राजमार्गको अहिलेसम्मको भौतिक र वित्तीय प्रगति क्रमशः ७८.२३ प्रतिशत र ८३.२३ प्रतिशत पुगेको जानकारी दिए । ।

उनले भने, “राजमार्गको कुल लम्बाइ एक हजार ८७९ मध्ये यस आयोजनाबाट एक हजार एक, अन्य योजना र डिभिजनबाट ४६२ किलोमिटर गरी १४६३ किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।

बाँकी सडकको ठेक्का व्यवस्थापन हुने क्रममा रहेका छन् ।” त्यसै गरी यस राजमार्ग अन्तर्गत निर्माण गर्नुपर्ने १३७ पुलमध्ये १०७ वटा पुल सम्पन्न भइसकेका छन् भने अहिले २० वटा पुल निर्माणाधीन छन् ।

१० वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको निर्देशनालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपियाँ रहेकोमा अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ ।

यस आयोजनाका लागि चालू आर्थिक वर्ष (२०८१/८२) मा तीन अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यसैबीच सरकारले उक्त राजमार्गलाई द्रूत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ ।

यसका साथै १० वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् ।

निर्देशनालयका प्रवक्ता श्रेष्ठले यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विकर सांस्कृतिकर धार्मिक महत्वका मठमन्दिरलगायत प्रयोगजन्य सामग्रीको स्थानान्तरण, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापारबाही मुख्य समस्या रहेको बताए ।

राजमार्गको रेखाङ्कन

राष्ट्रिय यातायात नीति २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो ।

मन्त्रीपरिषद्को २०६५ फागुन २६ गतेको निर्णयबाट यस राजमार्गको रेखाङ्कन स्वीकृत भएको थियो ।

मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।

यस आयोजनालाई आर्थिक वर्ष २०६७/६८ देखि दुई खण्डमा विभाजन गरी मध्यपहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्यपहाडी पश्चिम खण्ड (करिब एक हजार १५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकोमा आर्थिक वर्ष २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालयहरू (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट यस राजमार्गको निर्माण हुँदै आएको छ ।

यो राजमार्ग एउटा रूपान्तणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आर्थिक वर्ष २०६९/७० देखि यसलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ ।

यस राजमार्गको रेखाङ्कनभित्र पर्ने विभिन्न जिल्लामा १० वटा आधुनिक सहर विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधि वृद्धि भई रोजगारीका थप अवसर सिर्जना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
२०८२ अन्तिम दिन घट्यो सेयर बजार
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama