एजेन्सी, अमेरिकामा कागजात बिना बसोबास गर्ने भारतीयलाई लिएर अमेरिकी सैन्य विमान अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
बुधबार दिउँसो विमान अवतरण गरेको बीबीसी हिन्दीले जनाएको छ ।
डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा बसोबास गर्ने भारतीयहरूलाई देश निकाला गरिएको यो पहिलो घटना हो ।
डिपोर्ट हुनेमा हरियाणाका ३३, पञ्जाब-चण्डीगढका ३२ साथै बालबालिकालगायत पनि रहेको दैनिक भास्करले जनाएको छ ।
अमृतसर ओर्लिएका उनीहरुलाई प्रहरीको गाडीमा राखेर उनीहरूको गाउँ लगिनेछ ।
बाँकी राज्यहरूका मानिसहरूलाई अर्को उडानबाट पठाइनेछ । मिडियालाई विमानस्थलमा प्रवेश गर्न अनुमति छैन तर पत्रकारहरूले विमानस्थल बाहिर यी व्यक्तिहरूसँग कुरा गर्न सक्नेछन् ।
पञ्जाब सरकारका एनआरआई मामिलामन्त्री कुलदीप सिंह धालीवालले अमेरिकाबाट भारतीयहरूलाई देश निकालाको समाचारको बारेमा सोधिएका प्रश्नहरूको विस्तृत जवाफ दिएका छन् ।