साहारा चितवन सहकारीको रकम हिनामिनाको अभियोग लागेका रास्वपाका सभापति लामिछाने विरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा

चितवन, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

लामिछाने बयानका लागि बुधबार बिहान जिल्ला अदालत चितवनमा उपस्थित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *