थाइल्याण्डसँग नेपालको हार, उपाधि दौडबाट बाहिरियो

काठमाण्डू, महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल उपाधि दौडबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो । नेपाल खेलको अन्तिम समयमा सम्हालिन नसक्दा हार व्यहोरेको हो ।

थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०१ रन मात्र बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *