मंगलबार घट्यो नेप्से, कारोबार पनि खुम्चियो

काठमाण्डू, आज मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १४.०८ अंक घटेर २७१५.९१ विन्दूमा झरेको हो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स २.४९ अंक घट्दा फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार ११ अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ९० हजार २०२ पटकको कारोबारमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *