फिदिम, मुक्कुमलुङ सङ्घर्ष सहयोग समितिले आम हड्ताल फिर्ता लिएको छ ।
अर्को सूचना नआएसम्म आम हड्ताल फिर्ता लिएको तथा घोषित यातायात बन्द कार्यक्रम भने जारी रहेको संयोजक कमल हाङसरुम्बाले बताएका छन् ।
साथै, गत राति हिलिहाङ गाउँपालिकास्थित पामा वरक (जोरपोखरी) नजिक रुख ढालेर बाटो अवरोध गरिएको भन्दै अफवाह फैलाइएको विज्ञप्तिमा दाबी गरिएको छ ।