काठमाण्डू, मधेसकेन्द्रित ८ दलको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १:०० बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालयमा बैठक बस्ने एक नेताले जानकारी दिए ।
मधेस तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि, रक्षाका लागि आगामी दिनमा समान रणनीति बनाएर जाने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
बैठकमा रेणु यादव र इस्तियाक राई, जनमतबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, उन्मुक्तिबाट गङ्गाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट वृखेश चन्द्र लाल र बज्रकिशोर सिंह रहेका छन्
