नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणको माग गर्दै धर्ना

वीरगञ्ज, वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निर्माणका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन् ।

शक्रबार बिहानदेखि नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो ।

निर्माणको लागि टेन्डर भएपनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा.नीरजकुमार सिंहले बताए ।

उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निर्माण हुन सकेको छैन ।

नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा भने ५ सय शय्याको भवन निर्माण भई कार्य सञ्चालन समेत भइसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *