Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संकटाले जित्यो सभापति कप

- shuvadmin / शुक्रबार, माघ १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संकटा क्लबले पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

सडन डेथमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघको टोली वागमती प्रदेशलाई हराएर संकटाले उपाधि जितेको हो। यो नतिजासँगै संकटाले २६ लाख र वागमतीले १३ लाख नगद पुरस्कार प्राप्त गरे ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले पुरस्कार दिँदा दुवै टोलीलाई नगदै दिइयो ।

नगदै पुरस्कार हस्तान्तरण गरेको सम्भवत यो पहिलोपटक हो। प्रायःजसो चेक दिइने गर्छ र रकम पछि दिने भन्दै रकम दिन आलोटालो गर्ने चलन नेपाली फुटबलमा बढेको अवस्था छ। यसमा यसरी नगद दिँदा निकै राम्रो रहेको खेलाडीहरूले बताए।

पेनाल्टीमा संकटाका गोलकिपर दीप कार्कीले एक र वागमतीका गोलकिपर बिकेश कुथुले २ प्रहार रोकेका थिए।

वागमतीका एक खेलाडीको प्रहार पोस्ट बाहिरिएको थियो। पेनाल्टीमा ३–३ गोल बराबरी भएपछि नतिजाको लागि सडनडेथ भएको थियो।

जसमा, संकटाका गोलकिपर दीपले विपक्षी खेलाडी गौरव श्रेष्ठको प्रहार बचाएर उपाधि दिलाए।

यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्णयको लागि अतिरिक्त समय नथपेर सीधै पेनाल्टी सुटआउट भएको थियो ।

जसमा गोलकिपर विकेशले विपक्षीका पहिलो दुई प्रहार बचाएर वागमतीलाई राम्रो सुरुवात दिलाएका थिए । तर, वागमतीले यसको फाइदा उठाउन सकेन् ।

विकेशले संकटाका राम थापा र रोशन पहारीको पेनाल्टी रोक्दै वागमतीको जितको सम्भावना बढाएका थिए ।

नवीन लामा र फोडे फोफानाले गोल गर्दैै वागमतीलाई २–० ले अघि राखे । त्यसपछि खेलले नाटकीय मोड लियो । वागमतीका कुलदीप कार्कीको प्रहार दीपले रोके ।

उता, संकटाका लागि लक्षु थापाले गोलको खाता खोले। यसले वागमतीको अग्रता २–१ मा खुम्च्यो।

वागमतीका रजत तिवारीको प्रहार बाहिरिएपछि संकटाका लागि साम कार्लोसले गोल गर्दै २–२ बराबरीमा पुर्‍याए।

पाँचौं पेनाल्टीमा सन्दीप कार्कीको गोलबाट वागमतीेले ३–२ को अग्रता बनायो । संकटाका लागि दीपले आफैं प्रहार गर्दै गोल गरे।

यो गोलले पेनाल्टीमा ३–३ को बराबरी भयो । सडन डेथमा संकटाका सुनिल खड्काले गोल गरे भने दीपले वागमतीका गौरवको प्रहार रोकेपछि वागमती उपविजेतामै सीमित भयो ।

Page Views: 20
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama