मोर्चा गठन गर्न सिंहदरबारमा मधेशी दलको बैठक बस्दै

काठमाण्डू, मधेसवादी दलका बिचमा सहकार्य र मोर्चाबन्दीका लागि आज कार्यदलहरूको बैठक बस्ने भएको छ ।

सिंहदरबारमा बस्न गइरहेको बैठकमा मधेस केन्द्रित आठवटा दलको सहभागिता रहने बताइएको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।

जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको छ ।

बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टीलाई बोलाइएको जसपा नेपालले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टा छुट्टै वार्ता समिति गठन गरेका छन् । गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो ।

त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो ।

हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *