संसदको हिउँदे अधिवेशनको तयारी गर्न रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने कार्यवाहक प्रवक्ता प्रतीभा रावलले जानकारी दिइन्।

माघ १८ गते शुरु हुने संसदको हिउँदे अधिवेसनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने रावलले बताइन्। साथै अन्य समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।

सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेको सांसद पद निलम्बनमा परेपछि उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *